logo

२०८३ कार्तिक १० सोमबार

तीन फर्मलाई जरिवाना

तीन फर्मलाई जरिवाना


खबर सर्कल
  • बुधबार, २५ चैत्र २०८२
  • 884
    SHARES

    काठमाडौँ, २५ चैतः नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ ।

    स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको छ ।

    यस्तै, कुलेस्वरकै एमडिआर स्टोरलाई पनि रु २० हजार जरिवाना गरेको छ । गोंगबुमा रहेको गुप्ता गुदपाक भण्डारलाई रु पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागले प्रष्ट पारेको छ ।

    विभागले एकैदिन कूल ३९ वटा फर्ममा अनुमगन गरेकामा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend