काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन्।
सिस्टम अपडेटका लागि रोकिएका ती सेवाहरू आवश्यक प्राविधिक कार्य सम्पन्न भएसँगै पुनः सुचारु भएका हुन्।
बैंकले सूचना जारी गर्दै वेबसाइट तथा वेबमा आधारित सेवाहरूमा आवश्यक प्रणाली अद्यावधिक गर्ने कार्य सम्पन्न भएको र हाल सबै सेवाहरू पहिलेकै अवस्थामा सञ्चालनमा आइसकेको जानकारी दिएको छ।
पीएचपी सिस्टममा देखिएको विश्वव्यापी समस्यापछि बैंकका ग्राहकसँग सम्बन्धित केही सेवाहरू अस्थायी रूपमा बन्द गरिएको थियो ।
Source:Ratopati
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend