logo

२०८३ कार्तिक १० सोमबार

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै


खबर सर्कल
  • बुधबार, २५ चैत्र २०८२
  • 1K
    SHARES

    काठमाडौँ, २५ चैतः सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ ।

    आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

    यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नुहुनेछ । त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव दिनमा गर्ने सम्भावित कार्यसूची छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ ।

    यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यक्रम छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend