logo

२०८३ कार्तिक १० सोमबार

जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या

जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या


खबर सर्कल
  • बिहिबार, २६ चैत्र २०८२
  • 923
    SHARES

    जुम्ला, २६ चैतः जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालय काजमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ ।

    कर्मचारी काजमै सीमित हुँदा प्रशासन कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएकोे प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

    सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा दुवै जना हाल काजमा छन् ।

    दुवै जना कर्मचारी काठमाडौँमा रहे पनि सेवासुविधा जुम्लाबाटै लिइरहेका उहाँले बताउनुभयो । कर्मचारी अभावमा नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय, विपद् व्यवस्थापनलगायत काम प्रभावित भएको छ । समयमै सेवा नपाउँदा सेवाग्राहीले गुनासो गर्न थालेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend