logo

२०८३ कार्तिक १० सोमबार

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा


खबर सर्कल
  • बिहिबार, २६ चैत्र २०८२
  • 1K
    SHARES

    धरान (सुनसरी), २६ चैत : चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा पुगेको छ । यहाँको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित जडेज खेलमैदानमा जारी गोल्डकपको आजको खेलमा आयोजक टिम न्यू स्टार फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै चित्लाङ सेमिफाइनलमा पुगेको हो ।

    यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुनेछ । प्रतियोगिताको विजेताले चार लाख नगदसहित ट्रफी तथा उपविजेताले दुई लाख नगदसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend