logo

२०८३ कार्तिक १० सोमबार

एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक

एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक


खबर सर्कल
  • बिहिबार, २६ चैत्र २०८२
  • 793
    SHARES

    काठमाडौँ, २६ चैत : नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका नेपाल नेपाल क्रिकेट सङघ (क्यान)ले आज सार्वजनिक गरेको छ ।

    विज्ञप्तिमार्फत सार्वजनिक उक्त तालिकाअनुसार नेपालले ओमान, स्कटल्यान्ड र अमेरिकासँग समान दुई–दुई खेल खेल्ने छ । यही अप्रिल २२ देखि आगामी मे ११ तारीखसम्म सञ्चालन हुने उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने जनाइएको छ ।

    क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल ‘ए’ ले पहिलो खेल ओमानसँग खेल्ने छ । ओमानसँगको दुई खेल अप्रिल २२ र २४ तारिखमा हुनेछ । त्यसैगरी मे ६ र ९ तारिखमा स्कटल्यान्डसँग खेल्ने र मे ७ र ११ मा अमेरिकासँग खेल्ने विज्ञप्तिमा उल्लेख छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend