logo

२०८३ कार्तिक १० सोमबार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


खबर सर्कल
  • शुक्रबार, २७ चैत्र २०८२
  • 780
    SHARES

    काठमाडौँ, २७ चैतः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ८५ ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९६० कायम भएको छ ।

    हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८७५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २५ कायम भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३०० र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend