logo

२०८३ कार्तिक १० सोमबार

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो


खबर सर्कल
  • शनिबार, २८ चैत्र २०८२
  • 923
    SHARES

    कर्णाली, २८ चैतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

    कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकार कार्यान्वयन गर्न कठिन भएको गुनासो गर्नुभयो । यसलाई उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनको चुनौतीका रूपमा चित्रण गर्नुभयो ।

    नयाँ सरकारको प्रदेश र स्थानीय तहप्रति परम्परागत र केन्द्रीकृत मानसिकताका कारण दुवै तहका सरकार सञ्चालनमा विभिन्न जटिलता उत्पन्न भएको उहाँको गुनासो थियो । संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि जनचाहनाअनुसार सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend