logo

२०८३ कार्तिक १० सोमबार

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व


खबर सर्कल
  • शनिबार, २८ चैत्र २०८२
  • 936
    SHARES

    काठमाडौँ, २८ चैतः खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो ।

    खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो ।

    गत आवमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend