logo

२०८३ कार्तिक १० सोमबार

इक्वालिटी कप क्रिकेट प्रतियोगिताः सिरहा र विराटनगर विजयी

इक्वालिटी कप क्रिकेट प्रतियोगिताः सिरहा र विराटनगर विजयी


खबर सर्कल
  • आइतबार, २९ चैत्र २०८२
  • 1.1K
    SHARES

    मोरङ, २९ चैतः विराटनगरमा जारी पाँचौँ इक्युवालिटी महिला क्रिकेट कप प्रतियोगिताअन्तर्गत आज भएको लिगको अन्तिम खेलमा सिरहा हव र विराटनगर हव विजयी भएका छन् ।

    नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजित प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सिरहाले आयोजक नेपाल क्रिकेट फाउण्डेसन-११ (एनसीएफ)लाई १ सय ३३ रनले पराजित गरेको छ । दुवै टिम यसअघि प्रतियोगिताबाट बाहिरिएका थिए ।

    टस हारेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा १८६ रन बनाएको थियो । एनसीफले पाएको १८७ रनको लक्ष्य पूरै ओभर खेल्दै नौ विकेटको क्षतिमा ५३ रनमा सिमित भयो ।

    यसैगरी दोस्रो खेलमा विराटनगरले राजविराजलाई २१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाई ९० रन बनाएको थियो ।

    राजविराजले पाएको ९१ रनको लक्ष्य १७ दशमलव एक बल खेल्दै सबै विकेट गुमाई ६९ रन मात्र बनाउन सकेको थियो । चैत ३० गते विराटनगर हव र राजविराज हवबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend