logo

२०८३ कार्तिक १० सोमबार

बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते


खबर सर्कल
  • आइतबार, २९ चैत्र २०८२
  • 1K
    SHARES

    मध्यविन्दु (नवलपरासी), २९ चैतः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

    आज साँझ माछा मार्ने क्रममा अचानक विस्फोट हुँदा पाल्पाको निस्दी गाउँपालिका–५ का ३८ वर्षीय खुमबहादुर सुनारी र ३५ वर्षीय रोमन सिंह खरु मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो । घाइते दुवैलाई गम्भीर चोट लागेकाले उपचारका लागि रामपुर अस्पताल, पाल्पा लगिएको उहाँले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend