logo

२०८३ कार्तिक १० सोमबार

त्रिभुनव अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

त्रिभुनव अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा


खबर सर्कल
  • सोमबार, ३० चैत्र २०८२
  • 949
    SHARES

    काठमाडौँ, ३० चैत: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    श्रीलङ्काको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको उडानमार्फत आज काठमाडौँ आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

    बरामद गाँजासहित निजलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend