logo

२०८३ कार्तिक १० सोमबार

मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी

मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी


खबर सर्कल
  • मंगलबार, १ बैशाख २०८३
  • 845
    SHARES

    राष्ट्रिय समाचार समिति (रासस)

    दमौली (तनहुँ), १ वैशाख : तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् ।

    स्थानीय टिका मगर (ढल्के) भनेर चिनिने ती पुरुष नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घटनापछि सशस्त्र प्रहरी बल नेपालको टोली तत्कालै खोजीकार्यमा खटिएको छ । भानुस्थित सशस्त्र प्रहरीको टोलीले आज पनि निरन्तर खोजीकार्य गरिरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार हालसम्म बेपत्ता व्यक्ति फेला परेका छैनन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend