logo

२०८३ कार्तिक १० सोमबार

कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

कालीगण्डकीमा बेपत्ता युवा मृत फेला


खबर सर्कल
  • बुधबार, २ बैशाख २०८३
  • 1.1K
    SHARES

    तानसेन (पाल्पा), २ वैशाखः बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल आज मृत भेटिएका हुन् ।

    नयाँ वर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा कालीगण्डकी नदीको बीच भागमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पौडी खेल्ने क्रममा उनीसँगै गएका सोही ठाउँका ३९ वर्षीय शरण भुसाल बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो । मङ्गलबार पौडी खेल्ने क्रममा बस्याल बेपत्ता भएका थिए ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend