logo

२०८३ कार्तिक १० सोमबार

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा महानगरको खोप कार्यक्रम

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा महानगरको खोप कार्यक्रम


खबर सर्कल
  • शनिबार, ५ बैशाख २०८३
  • 845
    SHARES

    गण्डकी, ५ वैशाख ः पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अब खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

    पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखाको निर्णयअनुसार पोखरा–३० खुदीस्थित सहरी स्वास्थ्य केन्द्रमा हरेक महिनाको ७ गते सञ्चालन हुँदै आएको नियमित खोप कार्यक्रम यही वैशाखदेखि पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा सञ्चालन गर्न लागिएको हो ।

    अस्पतालका प्रशासन प्रमुख ढाकामोहन बरालका अनुुसार पहिलो पटक यही वैशाख ७ गते शिक्षण अस्पतालबाट खोप कार्यक्रम सुरु गरिने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । यस कार्यले स्थानीयवासीलाई थप सहज रूपमा खोप सेवा उपलब्ध हुने उहाँले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend