logo

२०८३ कार्तिक १० सोमबार

अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज


खबर सर्कल
  • शनिबार, ५ बैशाख २०८३
  • 897
    SHARES

    काठमाडौँ, ५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएको छ ।

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका उहाँ आज उपचारपश्चात घर फर्कनुभएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिनुभयो । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहनुभएको थियो ।

    उहाँको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिनु भएको अस्पतालमा प्रवक्ता डा सेढार्इंले बताउनुभयो । गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना हुनुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend