logo

२०८३ कार्तिक १० सोमबार

इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने

इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने


खबर सर्कल
  • आइतबार, ६ बैशाख २०८३
  • 897
    SHARES

    मान्म (कालीकोट), ६ वैशाखः जिल्लाको रास्कोट नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयबाट सोमबारदेखि सेवा सुरु हुने भएको छ ।

    गत माघ ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ स्थापना भएको कार्यालयबाट पहिलोपटक सेवा सुरु हुन लागेको हो । उक्त कार्यालयबाट अब नागरिकता र राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन तथा कार्ड वितरणलगायत काम हुनेछन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवाहरूलाई छिटो, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अब रास्कोटबाट प्रदान गरिने बताउनुभयो । इलाका प्रशासन कार्यालयबाट रास्कोट नगरपालिका र पलाँता, पचालझरना तथा सान्नीत्रिवेणी गाउँपालिकाका नागरिक लाभान्वित हुने उहाँले बताउनुभयो ।

    “यस व्यवस्थाले सेवाग्राहीलाई लामो यात्रा गरी जिल्ला सदरमुकामसम्म आउनुपर्ने झन्झट कम भई सहज रूपमा सेवा प्राप्त हुनेछ । त्यस क्षेत्रका करिब ५० हजार नागरिक लाभान्वित हुनेछन्”, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो ।

    रास्कोट नगरप्रमुख धर्मराज शाहीले लामो समयदेखि यस क्षेत्रको नागरिकले राख्दै आएको माग सम्बोधन भएकामा खुसी व्यक्त गर्नुभयो । “यहाँ इलाका प्रशासन कार्यालय राखेर सेवा पाउनुपर्छ भनेर धेरै पहिलेदेखि माग गरिरहेका थियौँ । त्यो माग पूरा भएको छ”, उहाँले भन्नुभयो, “अब यस क्षेत्रका नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले समय, खर्च र त्यससँग जोडिएका अन्य समस्या पनि समाधान हुनेछन् ।”

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend