logo

२०८३ कार्तिक १० सोमबार

सभापति थापा र नेता खड्काबीच भेटवार्ता

सभापति थापा र नेता खड्काबीच भेटवार्ता


खबर सर्कल
  • आइतबार, ६ बैशाख २०८३
  • 1.2K
    SHARES

    काठमाडौँ, ६ वैशाखः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गर्नुभएको छ । उहाँले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गर्नुभएको हो ।

    सभापति थापा नेता खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुग्नुभएको थियो । पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले बताउनुभयो ।

    “पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु”, सभापति थापाले भन्नुभयोे । सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उहाँको भनाइ थियो । उहाँले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेस नेता कार्यकर्तालाई आह्वान गर्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend