logo

२०८३ कार्तिक १० सोमबार

खजुरा गोल्डकपको उपाधि जष्ट जोन एफसीलाई

खजुरा गोल्डकपको उपाधि जष्ट जोन एफसीलाई


खबर सर्कल
  • आइतबार, ६ बैशाख २०८३
  • 1.2K
    SHARES

    नेपालगन्ज, ६ वैशाखः बाँकेको खजुरामा आज सम्पन्न भएको एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जष्ट जोन एफसीले जितेको छ ।

    खजुरा–४ डी गाउँस्थित रङ्गशालामा भएको फाइनल खेलमा जष्ट जोनले जेविएम क्लब लखनउ, भारतलाई ४–० गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । जष्ट जोनका लागि कलव कोनले दुई गोल गरे । यसैगरी एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरे ।

    प्रतियोगितामा जष्ट जोनका गोलरक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ दी म्याच बिल्गो, एडवार्ड प्लेयर अफ दी पीस घोषित भए । यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्वाधिक गोलकर्ता बने । उपाधिसँगै जष्ट जोनले रु सात लाख तथा उपविजेता जेविएमले रु चार लाख प्राप्त गरे । गत चैत ३० गतेदेखि सुरु भएको सो प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend