logo

२०८३ कार्तिक १० सोमबार

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति


खबर सर्कल
  • सोमबार, ७ बैशाख २०८३
  • 1.2K
    SHARES

    काठमाडौँ, ७ वैशाखः गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पार्नुभएको छ ।

    आफ्नो सम्पत्ति विवरणबारे विभिन्न सञ्चारमाध्यममा गरिएको टिकाटिप्पणीबारे स्पष्ट पार्दै मन्त्री गुरुङले त्यस सम्बन्धि विवरण मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने बताउनुभयो ।

    मन्त्री गुरुङको सचिवालयले उक्त विषयमा प्रष्ट पार्दै भनेको छ, “सबै सेयर एउटै प्रकृतिका हुँदैनन्, धितोपत्र बजारमा कारोबार हुने सेयर दुई करोडभन्दा बढी लगानी रहेको सम्पत्ति विवरणमै स्ष्ट छ ।”

    त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको मन्त्री गुरुङको सचिवालयले स्पष्ट पारेको छ । त्यस्तै उहाँले मन्त्री हुनुअघि सेयर किनियो भनेर बाहिर नकारात्मक धारणा बनाएकाप्रति असहमति जनाउँदै सेयर लगानी गर्नु अपराध नभएको बताउनुभयो । साथै कारोबार बैङ्किङ च्यानलमार्फत भएको र बैङ्कबाट गएको पैसाको सबै हिसाब स्पष्ट रहेको बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend