logo

२०८३ कार्तिक १० सोमबार

संसदीय समितिका सभापति र सभामुखबीच भेट

संसदीय समितिका सभापति र सभामुखबीच भेट


खबर सर्कल
  • सोमबार, ७ बैशाख २०८३
  • 1.7K
    SHARES

    काठमाडौँ, ७ वैशाख : संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई भेट गर्नुभएको छ । सो अवसरमा सभामुख अर्यालले ‘मिनी संसद्’का रूपमा रहने संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिनुभयो ।

    दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका काम कारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उहाँले सङ्घीय संसद् सचिवालय र आफू सधैँ सहयोगका लागि तत्पर रहेको बताउनुभयो । समिति सभापतिहरुले आफूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    पुराना असल अभ्यासलाई निरन्तरता दिँदै नवीन ढङ्गबाट संसदीय मूल्य र मान्यतालाई आत्मसात गर्दै समितिका गतिविधि अघि बढाउने बताउनुभयो । यस अवसरमा प्रतिनिधिसभाका १० र संयुक्त दुई गरी १२ वटा समितिका सभापतिको उपस्थिति रहेको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend