logo

२०८३ कार्तिक १० सोमबार

नेप्से परिसूचक १८ अङ्कले घट्यो

नेप्से परिसूचक १८ अङ्कले घट्यो


खबर सर्कल
  • मंगलबार, ८ बैशाख २०८३
  • 1.1K
    SHARES

    काठमाडौँ, ८ वैशाखः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव १० अङ्कले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा कायम भएको छ ।

    आज ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    सोलु हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै रु ३७ करोड सात लाख ३५ हजार ९२१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख ७७ हजार ३७३ कित्ता शेयर किनबेच भएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend