logo

२०८३ कार्तिक १० सोमबार

ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा

ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा


खबर सर्कल
  • मंगलबार, ८ बैशाख २०८३
  • 1.1K
    SHARES

    काठमाडौँ, ८ वैशाखः नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि आज नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ ।

    यही वैशाख ९ र ११ गते हुने दुई दिने उक्त खेलको लागि आज १४ सदस्यीय नेपाली टोली छनोट गरेको क्यानको प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

    छनोट हुने खेलाडीमा कप्तान अनिलकुमार साहसहित देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, नृपराज दास, कुशल मल्ल, सन्तोष यादव, राशिद खान, साहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल समावेश छन् ।

    क्यानले घरेलु मैदानमा आयोजना गर्न लागेको यो शृङ्खला युवा खेलाडीको क्षमता परीक्षण र अन्तरराष्ट्रियस्तरको अनुभव दिलाउने उद्देश्यले महत्त्वपूर्ण मानिएको छ । ओमान जस्तो प्रतिस्पर्धी टोलीविरुद्धको खेलले नेपाल ‘ए’का खेलाडीलाई भविष्यका ठूला प्रतियोगिताका लागि तयार पार्न सहयोग पुग्ने क्यानको अपेक्षा छ ।

    उक्त खेल काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend