logo

२०८३ कार्तिक १० सोमबार

आगलागीमा परी एक जनाको मृत्यु

आगलागीमा परी एक जनाको मृत्यु


खबर सर्कल
  • शनिबार, १२ बैशाख २०८३
  • 884
    SHARES

    घोडाघोडी (कैलाली), १२ वैशाखः घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ ।

    सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो ।

    लामखुट्टे भगाउन अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो । बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका थिए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend