logo

२०८३ कार्तिक १० सोमबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार


खबर सर्कल
  • आइतबार, १३ बैशाख २०८३
  • 1.1K
    SHARES

    काठमाडौँ, १३ वैशाखः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

    उक्त बैठकमा सहभागी हुनका लागि समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

    अनुशासन समिति बैठक

    यसैबीच सोमबार नै कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।

    केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले एक सूचना जारी गरी सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend