logo

२०८३ कार्तिक १० सोमबार

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ


खबर सर्कल
  • बिहिबार, १७ बैशाख २०८३
  • 1.1K
    SHARES

    काठमाडौँ, १८ वैशाखः प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ३४ जनालाई पक्राउ गरेको हो । प्रहरीले झापा, सुनसरी, कैलाली, चितवन, कास्की, काठमाडौँलगायत जिल्लाबाट लागुऔषधसहित ३४ जना पक्राउ गरेको हो ।

    काठमाडौँको दक्षिणकाली नगरपालिका-५, बुढानिलकण्ठ नगरपालिका-६ र चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक/एक जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ बाट दुई, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    त्यस्तै, कैलालीको भजनी नगरपालिका-३ र धनगढी उपमहानगरपालिका-६ बाट एक/एक, इलामको सूर्योदय नगरपालिका-७ हर्कटेबाट दुई, सुनसरीको दुहवी नगरपालिका-१०, बराहक्षेत्र नगरपालिका-२ पुनर्वास र धरान उपमहानगरपालिका-१७ बाट एक/एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-११ भोजाडबाट तीन, भरतपुर महानगरपालिका-१ आँपटारीबाट एक, राप्ती नगरपालिका-११ डुम्रेखाडी जङ्गलबाट एक जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-१८ लामागाउँबाट दुई जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    कञ्चनपुरको बेदकोट नगरपालिका-३ सामादैजीबाट एक, बेलौरी नगरपालिका-१० सडकघाटबाट चार जना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । जाजरकोटको शिवालय गाउँपालिका- छेडाचौरबाट अवैध लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पर्साको पोखरिया नगरपालिका-४ बाट एक जना पक्राउ परेका इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट दुई, मोरङको सुन्दरहरैँचा नगरपालिका-९ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend