logo

२०८३ कार्तिक १० सोमबार

माइतीघरमा दलित समुदायको प्रदर्शन

माइतीघरमा दलित समुदायको प्रदर्शन


खबर सर्कल
  • आइतबार, २० बैशाख २०८३
  • 676
    SHARES

    काठमाडौँ, २० वैशाखः दलित समुदायका सदस्यले देशका विभिन्न स्थानमा दलितमाथि भएका जातीय विभेदका घटनाको विरोधमा स्थानीय माइतीघरमा प्रदर्शन गरेका छन् ।

    संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजले संयुक्त रुपमा भएको प्रदर्शनका सहभागीले सिन्धुली, रोल्पा र पोखरामा हालै भएका विभेदका घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग गरिएका ‘प्लेकार्ड’ बोकेका थिए ।

    सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालीले यही वैशाख ३ गते ललितपुरको सातदोवाटोबाट पक्राउ परेका कृष्ण विकको खु्र्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा भएको मृत्युको छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend