logo

२०८३ कार्तिक १० सोमबार

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

सभामुख र संसदीय समिति सभापतिबीच छलफल


खबर सर्कल
  • सोमबार, २१ बैशाख २०८३
  • 806
    SHARES

    काठमाडौँ, २१ वैशाख: सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गर्नुभएको छ ।

    आज भएको छलफल सदनको कामकाजलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

    समिति सभापतिहरूले संसद् अधिवेशनबारे विषय उठाए पनि सभामुख अर्यालले त्यसबारे मङ्गलबार मात्रै निर्णय हुने बताउनुभएको थियो ।

    छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवी कुमारी, उपाध्यक्ष लिलाकुमारी भण्डारी, सङ्घीय संसद्का महासचिव, सचिवहरू र समितिका सचिवहरूको उपस्थिति रहेको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend