logo

२०८३ कार्तिक १० सोमबार

लागुऔषधसहित १७ जना पक्राउ

लागुऔषधसहित १७ जना पक्राउ


खबर सर्कल
  • शनिबार, २६ बैशाख २०८३
  • 949
    SHARES

    काठमाडौँ, २६ वैशाखः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दियाबाट चार, सुनसरी र झापाबाट तीन÷तीन, काठमाडौँ र ललितपुरबाट दुई÷दुई तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट एक÷एक जनालाई पक्राउ गरिएको हो ।

    लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूका साथबाट खैरो हेरोइन, चरेस तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल र डाइक्लोमाइन बरामद गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend