logo

२०८३ कार्तिक १० सोमबार

पारा पौडी टोली जापान जाने

पारा पौडी टोली जापान जाने


खबर सर्कल
  • बिहिबार, ७ जेष्ठ २०८३
  • 936
    SHARES

    काठमाडौं,७ जेठ : पारा पौडी विश्व सिरिजमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शनिबार जापानको फुजी सिजुओका जाने भएका छन् ।

    यहि जेठ १५ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष एस ९ क्याटगोरीमा मेम्बरसिंह स्याङबा तथा महिला एस ६ क्याटगोरीमा जेनिशा कडायतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    दुवैले ५० र एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । टोली प्रमुखमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन् । विश्व सिरिज जापानमा हुने पारा एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको संघले जनाएको छ ।

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज सफलताको शुभकामना दिदै बिदाइ गर्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend