काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै कात्तिक २७ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार नेपालमा टिकटक बन्द गरिएकाे जबाफ दिएको छ ।
सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्राधिकरणलाई पत्र लेख्दै टिकटकले आफ्नो प्ल्याटफर्ममाथि प्रतिबन्ध गरिएको विषयमा जिज्ञासा राखेको थियो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार टिकटकका तर्फबाट आएको पत्रको जिज्ञासा जवाफ दिदै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय भएकोले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न सहयोग गरिदिन आग्रह गरिएको बताए।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend