logo

२०८३ कार्तिक १० सोमबार

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु


खबर सर्कल
  • शनिबार, १६ जेष्ठ २०८३
  • 923
    SHARES

    महेन्द्रनगर, १६ जेठ : कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो । “घटनास्थल पुगेर थप जानकारी लिएका छौँ,” उहाँले भन्नुभयो, “सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइनेछ ।”

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend