logo

२०८३ कार्तिक १० सोमबार

इटहरीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


खबर सर्कल
  • आइतबार, १७ जेष्ठ २०८३
  • 897
    SHARES

    धरान (सुनसरी), १७ जेठः कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा सुरु भएको छ । आजदेखि सुनसरीको इटहरीस्थित रङ्गशालामा सुरु भएको प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ ।

    कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले गर्नुभएको थियो । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट एक हजार ७०० खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो ।

    प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, कबडडी, कराते, तेक्वान्दो र उसु गरी छ विधाका खेल समावेश गरिएका छन् । प्रतियोगिताबाट छनोट भएका खेलाडीले काठमाडौँमा हुने १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्ने घोषले बताउनुभयो ।

    सदस्य सचिव घोषका अनुसार भोलि सोमबार सम्पन्न हुने प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी भोलि काठमाडौँका लागि बिदाइ गरिनेछ । कोशी प्रदेशबाट ११५ खेलाडी तथा पदाधिकारीको टोली राष्ट्रिय प्रतियोगिताका लागि काठमाडौँ पठाइने उहाँको भनाइ छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौँमा यही जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने केन्द्र स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सातवटै प्रदेशबाट जम्मा छ सय ६० भन्दा बढी खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend