logo

२०८३ कार्तिक १० सोमबार

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ


खबर सर्कल
  • आइतबार, १७ जेष्ठ २०८३
  • 858
    SHARES

    वीरगञ्ज (पर्सा), १७ जेठः जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका आरोपी एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१० का बजरङ्ग टोलका रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका अभियोग लागेको थियो ।

    दासले यही जेठ १४ गते फलाम हतियारले प्रहार गरेर हलसिया देवीको हत्या गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । अभियुक्त रामनारायणलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिकाबाट नियन्त्रणमा लिइ कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend