logo

२०८३ कार्तिक १० सोमबार

नेविसङ्घ अध्यक्षमा कटुवाल नियुक्त

नेविसङ्घ अध्यक्षमा कटुवाल नियुक्त


खबर सर्कल
  • सोमबार, १८ जेष्ठ २०८३
  • 676
    SHARES

    काठमाडौँ, १८ जेठः नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा करूणा कटुवाल नियुक्त हुनुभएको छ । पार्टी सभापति गगनकुमार थापाले उहाँलाई पार्टीको विधानअनुसार आज नियुक्त गर्नुभएको हो ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम कांग्रेसको विधानअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको नेविसङ्घको अध्यक्षमा कटुवाललाई नियुक्त गरिएको हो ।

    अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी पनि तोकिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend