logo

२०८३ कार्तिक १० सोमबार

भालुको आक्रमणबाट आठ भेडा मरे

भालुको आक्रमणबाट आठ भेडा मरे


खबर सर्कल
  • मंगलबार, १९ जेष्ठ २०८३
  • 728
    SHARES

    जुम्ला, १९ जेठः जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिनुभयो ।

    स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडा भालुले मारेको हो । रातिको समयमा गोठमा रोखेका भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीको जानकारी आएको सूचना अधिकारी खनालको भनाइ छ ।

    यस्तै पाँच भेडा हालसम्म सम्पर्क आउन सकेका छैनन् । भेडाका बथानमा २९ वटा भेडा भने सकुशल रहेका छन् । रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिभेडाको न्यूनतम मूल्य रु १८ हजार पर्ने भएकाले आठ वटा भेडा मर्दा करिब रु दुई लाखको नोक्सानी भएको भेडापालक किसान अधिकारीको भनाइ छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend