logo

२०८३ कार्तिक १० सोमबार

पोखराकप बास्केटबलको उपाधि म्याग्दीलाई

पोखराकप बास्केटबलको उपाधि म्याग्दीलाई


खबर सर्कल
  • मंगलबार, १९ जेष्ठ २०८३
  • 767
    SHARES

    म्याग्दी, १९ जेठः दोस्रो पोखरा कप प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ । गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा पर्वतलाई ७३ का विरुद्ध ८० स्कोर गर्दै म्याग्दी विजयी भएको हो ।

    विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार र उपबिजेताले रु ३० हजर नगद पुरस्कार प्राप्त गरेका जिल्ला बास्केटबल सङ्घ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।

    दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ जिल्ला बास्केटबल सङ्घले सहभागिता जनाएका थिए । गण्डकी प्रदेशका शिक्षा, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, सङ्घका अध्यक्ष धोजकुमार गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend