logo

२०८३ कार्तिक १० सोमबार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै


खबर सर्कल
  • मंगलबार, १९ जेष्ठ २०८३
  • 767
    SHARES

    गण्डकी, १८ जेठः गण्डकी प्रदेश सरकारको आगामी आव २०८३÷०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।

    प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

    प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरू भएको थियो । यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend