logo

२०८३ कार्तिक १० सोमबार

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ


खबर सर्कल
  • आइतबार, २४ जेष्ठ २०८३
  • 676
    SHARES

    विराटनगर, २४ जेठः मोरङको उर्लाबारी नगरपालिका-७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र १-०२-०५० प १९६० नं को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी-६ का २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी-५ का २४ वर्षीय निश्चल गुरुङका साथबाट नौ ग्राम ४०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

    लागुऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend