logo

२०८३ कार्तिक १० सोमबार

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा


खबर सर्कल
  • शनिबार, ३० जेष्ठ २०८३
  • 676
    SHARES

    ढोरपाटन (बागलुङ), ३० जेठः जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ । प्रहरीले नदी आसपास र विभिन्न सडकखण्डमा चाँच गर्दा पाँच वटा सवारीसाधान नियन्त्रणमा लिएको हो ।

    अवैध रूपमा बालुवा उत्खनन् गरी ढुवानी गर्दै गरेको अवस्थामा प्रहरीले दुई वटा टिपर र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । उहाँका अनुसार ती सवारीसाधान बागलुङ नगरपालिका-१ मालढुङ्गाबाट नियन्त्रणमा लिइएको हो ।

    नियन्त्रणमा लिइएका सावारीसाधानलाई कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाएको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सवारी चेकजाँचका क्रममा अवैध रूपमा उत्खनन्् गरी ओसारपसार गरिरहेका सवारीसाधानलाई नियन्त्रणमा लिएका छौँ । ती सवारीलाई नगरपालिकाले जरिवाना गर्नेछ । प्रहरीले ठाउँठाउँमा पाँच गर्दै आएको छ, अवैध भएको थाहा पाउँनासाथ नियन्त्रण लिन्छौँ ।”

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend