logo

२०८३ कार्तिक १० सोमबार

चार जना कृषक पुरस्कृत

चार जना कृषक पुरस्कृत


खबर सर्कल
  • सोमबार, १५ असार २०८३
  • 754
    SHARES

    म्याग्दी, १५ असार : २३औँ राष्ट्रिय धान दिवस–२०८३ को अवसरमा आज म्याग्दीका उत्कृष्ट चार जना कृषकहरूलाई पुरस्कृत गरिएको छ ।

    कृषि विकास कार्यालय, म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा रघुगङ्गा गाउँपालिका–२ का नौबहादुर केसी, बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुन, बेनपा–१ रत्नेचौरका उमादेवी उपाध्याय र बेनपा–४ सुर्केमेलाका डिलबहादुर खत्रीलाई पुरस्कृत गरिएको हो ।

    सीरबारी कृषि फर्मका सञ्चालक केसीले केरा र मैरीपालन तथा सचिन्द्र कृषि तथा पशुपंक्षी फार्मका पुनले किवी र खुर्सानीखेती गर्नुभएको छ । कृष्ण पशुपंक्षी फार्मका उपाध्यायले भैँसीपालन र केसी बहुउद्देश्यीय कृषि फर्मका डिलबहादुर खत्रीले मौरीपालनका साथै सुन्तला खेती गर्नुभएको छ ।

    व्यावसायिक कृषि पेसामा आबद्ध चार जना कृषकलाई प्रोत्साहनका लागि नगद रु १०/१० हजारसहित पुरस्कृत र सम्मान गरेको कृषि विकास कार्यालय, म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले जानकारी दिनुभयो ।

    कार्यालय प्रमुख बाँस्तोला, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्याल र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रतिनिधि सुवास रेग्मीले पुरस्कार वितरण गर्नुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend