logo

२०८३ कार्तिक १० सोमबार

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट


खबर सर्कल
  • मंगलबार, १६ असार २०८३
  • 676
    SHARES

    काठमाडौँ, १६ असार : परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासङ्घका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    आज मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–रूस सम्बन्धका विभिन्न विषयहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ । साथै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा गरिने कार्यक्रमहरू तथा रूसी सेनामा रहेका नेपाली नागरिकसम्बन्धी विषयहरूमा विचार विमर्श भएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend