logo

२०८३ कार्तिक १० सोमबार

सम्पादक मिश्रलाई चार महिना कैद

सम्पादक मिश्रलाई चार महिना कैद


खबर सर्कल
  • मंगलबार, १६ असार २०८३
  • 715
    SHARES

    काठमाडौँ, १६ असार : जिल्ला अदालतल काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिक तत्कालीन सम्पादक सरोज मिश्रलाई चार महिना कैद हुने फैसला गरेको छ ।

    न्यायाधीश आत्मदेव जोशीको इजलासले तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैदका साथै रु एक हजार जरिवाना र रु दुई लाख ५० हजार क्षतिपूर्ति माग गर्ने फैसला गरेको हो ।

    अदालतले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा तत्कालीन सम्पादकसहित राजधानी दैनिक पत्रिकालाई पनि रु दुई लाख ५० हजार क्षतिपूर्ति माग गर्ने आदेश गरेको छ ।

    राजधानी दैनिकले २०८० साल साउन ६ गते प्रकाशन गरेको ‘सेनाका कानुनतर्फका तीन कर्नेलको मनपरी’ विषयक समाचारले चरित्रहत्या गरेको भन्दै शोभा कार्कीले गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गर्नुभएको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले उक्त फैसला गरेको हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend