logo

२०८३ कार्तिक १० सोमबार

सङ्कल्प प्रस्ताव सर्वसहमतिले पारित

सङ्कल्प प्रस्ताव सर्वसहमतिले पारित


खबर सर्कल
  • बुधबार, १७ असार २०८३
  • 702
    SHARES

    काठमाडौँ, १७ असारः राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसहमतिले पारित गरेको छ ।

    राष्ट्रियसभा सदस्य रेणु चन्दले प्रस्तुत गर्नुभएको ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव’लाई सर्वसहमतिले पारित गरेको हो ।

    सो प्रस्तावमा उल्लेखित प्रस्तावको प्रभावकारी कार्यान्वयनका प्रगति हरेक तीन महिनामा सभा समक्ष पेस गर्न सभाध्यक्ष नारायणप्रसाद दाहालले निर्देशन दिनुभयो । प्रगतिको अनुमगन गर्न समेत सम्बन्धित समितिलाई उहाँले आग्रह गर्नुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend