logo

२०८३ कार्तिक १० सोमबार

कोशी प्रदेशसभा ः विधेयकमाथि छलफल सुरु

कोशी प्रदेशसभा ः विधेयकमाथि छलफल सुरु


खबर सर्कल
  • शुक्रबार, १९ असार २०८३
  • 806
    SHARES

    विराटनगर, १९ असार : कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफल प्रारम्भ भएको छ ।

    छलफलमा कोशी प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले विनियोजित बजेटले उत्पादन, रोजगार समृद्धता ल्याउने क्षेत्र कृषि, पर्यटन र ऊर्जामा बजेट कम भएको चर्चा गर्नुभयो ।

    उहाँले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य सपना दजीले उद्योग, कृषि र सहकारीका लागि सरकारले गरेको विनियोजनबाट अपेक्षित लाभ लिन नसकिने दाबी गर्नुभयो ।

    प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले प्रदेशको ५६ निर्वाचन क्षेत्रलाई ध्यानमा राखेर सरकारले गरेको विनियोजनप्रति खुसी व्यक्त गर्नुभयो ।

    कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले विनियोजित बजेटप्रति कोशी प्रदेशसभाका सदस्यहरुले उठाएका जिज्ञासाप्रति सरकार गम्भीर रहेको धारणा राख्दै बजेटलाई सन्तुलन कायम गर्न सरकार सकारात्मक भएको बताउनुभयो । उहाँले बजेटको अङ्कको अनुपातलाई सच्याउने र छुटेका योजनाहरु समावेश गर्न सरकारले स्रोतको सुनिश्चितासँगै रु ८४ करोड बजेट व्यवस्थापन गरेको जानकारी दिनुभयो ।

    कोशी प्रदेशसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend