logo

२०८३ कार्तिक १० सोमबार

एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल

एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल


खबर सर्कल
  • शनिबार, २० असार २०८३
  • 858
    SHARES

    काठमाडौँ, २० असारः नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताउनुभएको छ ।

    वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका लागि आवश्यक सुधार गरेको जानकारी दिनुभयो ।

    मुख्यसचिव अर्यालले भन्नुभयो, “सबै मन्त्रालयको समन्वय र सहकार्यमा वर्तमान सरकारले सुशासनका क्षेत्रमा पर्याप्त काम गरेको छ ।”

    प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले संयोजन गर्नुभएको सो कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासालाई सम्बोधन गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले आआफ्नो क्षेत्रका बारेमा स्पष्ट पार्नुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend