logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’


खबर सर्कल
  • मंगलबार, २३ असार २०८३
  • 741
    SHARES

    काठमाडौँ, २३ असार : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ ।

    बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई राष्ट्रिसभाको अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो ।

    यसअघि बैठकमा विनियोजन विधेयक–२०८३ अन्तर्गत सांसद सम्झना देवकोटा, मीनासिंह रखाल र सोमनाथ पोर्तेलले विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव राख्नुभएको थियो । खर्च कटौतीका प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend