logo

२०८३ कार्तिक १० सोमबार

साहित्यकार शर्माको निधन

साहित्यकार शर्माको निधन


खबर सर्कल
  • बुधबार, ३१ असार २०८३
  • 741
    SHARES

    काठमाडौँ, ३१ असारः साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ । उहाँको गौरीनगरस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।

    ‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक शर्माका ‘महापुरुष’ र दिवास्वप्न’ उपन्यास तथा ‘पिपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कृति छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको दिवङ्गत शर्माको पारिवारिक स्रोतले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend