logo

२०८३ कार्तिक १० सोमबार

एमाले बागमती प्रदेश सरकारमा ‘पर्ख र हेर’को नीति

एमाले बागमती प्रदेश सरकारमा ‘पर्ख र हेर’को नीति


खबर सर्कल
  • सोमबार, ४ साउन २०८३
  • 572
    SHARES

    काठमाडौँ, ४ साउनः नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ ।

    सो दलको आज काठमाडौँमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत् रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा निदेशचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

    यही साउन १ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुद दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्मा रहेका एमालेका अधिकांश मन्त्रीलाई विना विभागीय मन्त्री रहने गरी हेरफेर गर्नुभएको थियो ।

    प्रदेश सरकारका गठनबन्धन उलटपुलटबारे विभिन्न दलबीच शीर्ष तहमा संवाद चलिरहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend