logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा छलफल गरिने

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा छलफल गरिने


खबर सर्कल
  • सोमबार, ४ साउन २०८३
  • 702
    SHARES

    काठमाडौँ, ४ साउनः राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले काठमाडौँ-तराई/मधेस द्रूत मार्ग (फास्ट ट्रयाक), राष्ट्रपति चुरे-तराई मधेस संरक्षण कार्यक्रमलगायत राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

    समितिको आजको बैठकमा फास्ट ट्रयाक, चुरे संरक्षण र सिन्धुलीगढीको संरक्षणका सम्बन्धमा उपसमितिले गरेको स्थलगत अनुगमनको समीक्षा भएको थियो । बैठकले ती परियोजनाको प्रगतिबारे सरोकार भएका निकायका प्रतिनिधिसँग थप छलफल गर्ने निष्कर्ष निकालेको समितिका सचिव सञ्जय दाहालले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend